संगीत बिना मेरो जीवन अधुरो” मेरो बाच्ने आधार नै संगीत हो,

गायक अभिषेक तामाङ…

१० भाद्र २०७५, एम॰ओ॰सी॰

गायक अभिषेक तामाङको जन्म घर धादिङ जिल्ला वार्ड न.४ मैदी काफाल्पानीमा जन्म भएको हो। एक गरिब अनि साधारण परिवारमा जन्मिएका, घर परिवार को सङ्ख्या एकदम ठूलो ,जहाँ उनको लागि हरेक कुराको अभाव मात्र हुने गर्थियो । घर परिवारमा आमाबाबा ,दाजुभाई , बहिनी सबै हुनुहुन्छ दाजुभाई मध्यमा उनी माइलो हुन् । सुन्दा अचम्म लाग्छ बिगतका कुराहरु अथवा बिगतका जुन उनले पार गर्दै आएको जिन्दगी जिवनलाइ फर्केर हेर्दा अहिले म उनी आफै अचम्म मान्छन,उनले रमझम नेपाललाई दिएको अन्तरबार्ता जस्ताको त्यस्तै……

यो पनि पढ्नुहोस

अभियान के हो?

Aayoush Singh Thakuri Alizeh Jamali New Interview

अतितका दिन हरु मेरो संगीत यात्राको ठूलो पात्रो बनेको छ,भन्ने गरिन्छ नि दुख नगरे सुख मिल्दैन यो कुरा पनि जाहेज लाग्छ मलाइ एकपल्ट आजभोली कहिले काही म मेरो बाल्यकाल सम्झिन मन लाग्छ तर पनि मन थामेर बस्ने गर्छु, म आफैलाइ अचम्म लाग्छ कि यो संगीत के हो? यसमा के पाउछ? किन मान्छेहरु संगीत संगीत भन्छन? यो कुरा मेरो चासोको बिषय रहेन किनकी म पहाडमा जन्मेको कारणले मेरो लागि गितसंगीत सपना मात्र थियो , असम्भब थियो।” मान्छे लड्नु गल्ती हैन लडेर न उठ्नु उसको लागि ठूलो गल्ती त्यही हो। यो कुरा म जहिलेनी सम्झिन्छु, हो मान्छेबाट गल्ती भुल हुन्छ तर स्विकार गर्नु पर्छ। गित संगीत बारे केही चासो नराखी नराखी म गरिबीको अन्त्य गर्छु ,भन्ने सोच बिचार लियर मनमा अनेक थरिका सपना हरु बुन्दै विदेश पलायन हुने सोच बिचार गरे गर्दै जाने क्रममा मेरो सोचाइ बिपनामा परिणत भयो र पैसा कमाउने सपना बोकी नेपाली पात्रो २०७१ साल भाद्र ८ गते म मलेशिया प्रस्थान गरे ,यतीखेर सम्ममा पनि मेरो मन मस्तिक्समा गित संगीत को बारेमा कुनै चासो थिएन ।JM VICTORY नामक कम्पनीमा काम गर्न म लागी परे मेरो यात्रा सुरु भयो कामको काम गर्दै जाने सिलसिलामा एक दिन मेरो मनमा गित संगीत बारे केही कुराहरु जान्नबुझ्न मन लाग्यो र SMULE नामक FUNCTION DOWNLOAD गरे मेरो मोबाइलमा अनि त्यहाबाट मेरो संगीत यात्राको सुरुवात भयो सुन्दा सपना जस्तो तर बास्ताबिक बन्न पुगेको छ|SMULE को यात्रा बढाउदै गए केही कुरा हरु बुज्न पाय त्यस्पछी बिस्तारै लिडिङ म्युजिक लाई पछ्याउने कुरा हरुलाइ सिक्न सफल भए ।गाउदै गए गाउदै गए गाउदै जादा एकदिन अहिलेको मेरो मिलनसार अनि सहयोगी मनहुनुभएका आदरणीय भेषराज बस्नेत सर संग मेरो भेट भयो।उहालाई मैले प्रस्ताब राखे सर मैले गित गाउनसकुला त कि नै? मैले सोधे उहाले भन्नु भयो यदि हजुर गित संगीत लाई माया गरि अगाडि बड्न चाहानु हुन्छ भने म सहयोग गर्छु उहाले मलाइ सुझाब दिनु भयो र म पछि हटिन र मैले उहाको कुरालाइ सहर्ष स्विकार गरि मलाइ एउटा गित लेख्न अनि संगीत भर्न मलाई सहयोग गर्नुहोस ,मैले भने र उहाले मलाइ सोच्नु भयो DUET कि सिङ्गल मैले भने केटा अनि केटिले मिलेर गाउछनी हो त्यसरि गाउन चाहान्छु , त्यो पनि मेलिना राई संग यसरी कुरा गर्दै गए गर्दै जाने क्रम मा उहाले मेरो सपना लाई त्यतिकै मर्न दिनु भएन र उहाले मलाई गित म्युजिक अनि मेलिना राई को भोकल सहित को गित दिनु भयो, म खुशी भएर रेकर्ड स्टुडियो गए। यसरी मेरो गित गाउने सपना लाई आदरणीय भेषराज बस्नेत सर ले पूरा गरिदिनु भयो। अहिलेको जल्दो बल्दो चर्चित अनि अतिनै सुन्दरि गायिका मेलिना राई र म भएर जुनीजुनी नामक गित निकाल्न सफल भए जो अहिले MUSIC NEPAL नामक च्यानल बाट प्रसारित गरीएको छ। यसरी मैले मेरो जिवनमा नसोचेको कुरा पूरा गर्न सफल भए ।यसरी काम गर्दै जाने क्रममा त्यही अधुरो जुनीजुनी नामक गित अडियो मा मात्र सिमित राख्न भएन भनी फेरि SMULE तिर अगाडि बड्दै गए जाने क्रममा अहिलेको बिस्वासिलो भरपर्दो स्टुडियो सलिना म्युजिक प्राली संग मेरो भेटभयो ।जहाबाट अझ गित संगीत बारे जान्न बुज्न पाए , जसमा ठूलो भुमिका आदरणीय सलिना म्युजिक प्रालिका MD राजु अर्याल सर सङ हातेमालो गर्न पुगे जहाँ मैले मेरो सुनिस्चित भबिस्य अझ मजबुद बनाउन विशेस टेवा मिल्न सक्यो,मेरो पहिलो गित”जुनीजुनी” हो भने यात्रा गर्दै जादा गित संगीतलाई माया गर्दै जाने क्रममा अहिले फेरि अर्को गित बजारमा केही महिना पछि आउदै छ, जसमा ठूलो भुमिका निभाउनु भएको छ,आदरणीय राजु अर्याल सर उहाको यो म प्रतिको माया अनी सदभाब म सदा कायम राख्नेछु।यसरी मान्छेको जिवनमा नसोचेको कल्पना नगेरेको कुरा हरु आफै पूरा हुने गर्दछ ।यसरी म पहाडी जिवनमा हुर्केको अनि केही अज्ञानता भए पनि मान्छेले आट्नु पर्छ उहाले पुर्याउनु हुदो रहेछ भन्ने ठुलो प्रेरणा मिलेको छ ।अबको मेरो अर्को गित राजु अर्यालको शब्द संगीत र मेलीना राईको र मेरो आवाजमा चाडै आउदै छ,माया गरिदिनुहोला र मलाई थप हौसला बढाइदिनुहोला भन्न चाहान्छु ।
जय गित जय संगीत जय सलिना म्युजिक प्राली…
उनको पहिलो गित भिडीयो सहित….

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...