ब्ल्याङ्केटभित्र के गर्दै छिन् यी नायिका ? यौनिकतामाथि उठ्यो प्रश्न

ब्ल्याङ्केटभित्र के गर्दै छिन् यी नायिका ? यौनिकतामाथि उठ्यो प्रश्न

मुम्बई । भारतीय टेलिभिजन नायिका आश्का गोराडियाले ‘बिग बस’ले उनको यौनिकतालाई एडिटिङ गरेर गलत तरिकाले देखाइदिएको आरोप लगाएकी छिन् ।उनले भनिन्, ‘बिग बसमा मेरो यौनिकतालाई गलत तरिकाले देखाइयो । कार्यक्रममा यस्तो तरिकाले इडिटिङ गरियो कि मलाई लेस्बियनझैं प्रस्तुत गरियो ।’ जसका कारण आफू आमाबुवासामू लज्जित हुनुपरेको आश्काले बताइन् ।

उनका अनुसार उनको साथीलाई एलर्जीको समस्या थियो । त्यसकारण उनले साथीको शरीरमा बाम लगाइदिएकी थिइन् ।आश्का भन्छिन्, ‘नेशनल टेलिभिजनमा असहज महसुस नहोस् भन्ने सोचेले मैले ब्ल्याङ्केटमुनि हात राखेर बाम लगाइदिएको थिएँ । ’ ‘उक्त दृश्यलाई एडिट गरेर अर्कै तरिकाले प्रस्तुत गरियो ।’‘म कार्यक्रममा नै भएकाले यसबारे थाहा थिएन । जब आमा भेट्न आउनुभयो तब उहाँले बताउनुभयो’, उनले भनेकी छिन् ।कार्यक्रम प्रस्तोता, उनका साथीहरू र मिडियाका केही मानिसहरूले आफ्नो समर्थनमा आएको उनले बताइन् ।आश्माका अनुसार अब उनले एक ह्यान्डसम पुरुषसँग विवाह गरिसकेकी छिन् र निकै खुसी छिन् । एजेन्सी

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...