सबैलाई हँसाउने मदन कृष्ण श्रेष्ठ ले आज सबलाई रुवाए

यो पनि पढ्नुहोस

AST प्रतियोगिता अन्तिम चरणमा

बालक हराएको सुचना!

MOC। काठमाडौँ। प्रख्यात हास्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । उनकी ६७ वर्षीया पत्नी यशोदा श्रेष्ठको सोमबार राति पौने ११ बजे निधन भएको हो उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।
२००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा जन्मिएकी श्रेष्ठको मदनकृष्ण श्रेष्ठ सँग ३५ वर्षअघि विवाह भएको थियो । श्रेष्ठ दम्पतीका एक छोरा, एक छोरी छन् । छोरा यमन पनि कलाकार हुन् ।
उनलाई श्रद्धाञ्जली अर्पण गर्न कलाकार तथा आफन्तजन पुगेका थिए । विगत ८ वर्षदेखि क्यान्सरपीडित श्रेष्ठको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...