रामप्रसाद राई गाऊँपालिकामा भब्य कार्यक्रम सम्पन्न

साबिक भोजपुर बासिखोरा ३


TOPPOKHIM/KOREA २१ बैशाख २०८० अतिथिहरुको विशेष सम्मान तथा  श्री सिंहेश्वरी माध्यमिक विद्यालयको कक्षा १२ माअध्ययनरत विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमकाे अध्यक्ष श्री सिंहेश्वरीमाध्यमिक विद्यालयका प्रधानाध्यापक श्री ईश्वर कुमार श्रेष्ठ ज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथि विशेष अतिथि ब्रिटिश गोर्खा वेलफेयर ट्रस्ट नेपालको प्रधान कार्यालय पोखराका प्रतिनिधि द्वय विष्णु पुन निर्मल गुरुङले गर्नुभएको थियो साथै ब्रिटिश गोर्खा वेलफेयर ट्रस्ट शाखा कार्यालय भोजपुरका मुकेशथाम्सुहाङ्ग लिम्बु ज्यूको संयुक्त आतिथ्यमा रामप्रसादराई गाउँपालिका मा अवस्थित श्री सिंहेश्वरीमाध्यमिक विद्यालयमा संयुक्त कार्यक्रम सम्पन्न भएको हो जिल्ला वेलफेयरका सहइन्चार्ज मुकेशथाम्सुहाङ्ग लिम्बु को सहकार्यमा ब्रिटिश गोर्खा वेलफेयर ट्रस्ट नेपालको प्रधान कार्यालय पोखराकाप्रतिनिधि द्वय विष्णु पुन निर्मल गुरुङ उपस्थित रहेको थियो   अतिथि तथा विदाई कार्यक्रम सहभागिविधाहरूलाई सोही विद्यालयका शिक्षक मुकुन्दराज खतिवडा ज्यू ले  स्वागत मन्तव्य राख्नु भएको थियो स्वागत मन्तव्य पश्चात अतिथिहरुलाई फुलमाला लगाई स्वागत गरिएको थियो परिक्षाको तयारीमा  रहेका कक्षा१२ अध्ययनरत शुभकामना मन्तव्य भुपू प्र.. टिकाराम राई ले ब्याक्त गर्नु भएको थियो भनेशुभकामना मन्तव्यकै क्रममा प्रत्यक्ष विद्यालयको भौतिक संरचना अवलोकन गरि नयाँ भौतिक संरचनानिर्माण गर्न सम्बन्धि निकाय समक्ष पहल गर्ने वाचा समेत भोजपुर जिल्ला वेलफेयर सहइन्चार्ज मुकेशथाम्सुहाङ्ग लिम्बु ज्यू ले गर्नु भएको थियो शुभकामना मन्तव्य पश्चात कक्षा१२ मा अध्ययनरतविद्यार्थीहरुलाई फूल माला खादा ओढाएर सम्मान विदाई गरिएको थियो भने उक्त विदाई कार्यक्रममासहभागी विधार्थीहरूले विद्यालय परिवारलाई मायाको चिनो समेत हस्तान्तरण गर्नु भएको थियो। साथैकार्यक्रम अध्यक्ष ईश्वर कुमार श्रेष्ठ ज्यूले  सकरात्मक सोच का साथ सदैव अगाडि बढ्न हौसला प्रदान गर्नुहुदै आगामी शैक्षिक उन्नयनको शुभकामना सहित कार्यक्रम समापन गर्नु भएको जानकारी कार्यक्रमसन्चालक सुरेश राईले बताउनुभयो

यो पनि पढ्नुहोस

ANSG RESULT

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...