रामेछापको दोरम्बा-५, गोगनपानी गुरासेकी सुजिता योन्जन “द भोइस अफ नेपाल” मा छनोट हेर्नुहोस भिडियो।

दोरम्बा गाउँपालिका ५, गोगनपानी गुरासेकी सुजिता योन्जन

८ चैत ,काठमाडौँ । रामेछाप दोरम्बा गाउपालिका – वडा नं. ५ गोगनपानी गुरासे स्थायी घर भएका सुजिता योन्जन `द भोइस अफ नेपाल´को सिजन ३ मा छनोट भएकी छिन् ।

शुक्रबारबाट हिमालय टिभीमा प्रशारण भएको भोइस अफ नेपाल – ३ ब्लाइन्ड अडिसनको पहिलो एपिसोडबाट उनी छनोट भएकी हुन् ।

 

मनिला सोताङको `दुख्छ छाती,पोल्छ मुटु´ बोलको गीत गाएकी उनलाई कोच दिप श्रेष्ठले आफ्नो टिममा लिएका छन् ।

यो पनि पढ्नुहोस

रामेछापको पाखा पखेरोमा बाख्रा गोठालो जाँदा,घाँस काट्न जाँदा गीत गुनगुनाइराख्ने सुजिता भन्छिन -`द भोइस अफ नेपालमा छनोट हुन्छु जस्तो लागेकै थिएन छनोट भए खुसी लागेको छ । अब अझै मेहनत गरेर राम्रो गीत गाउँछु ।”

१८ बर्षिय योञ्जनले सुनापती गाउँपालिका–२ दिमीपोखरीको मन्दर माविबाट एसईई पास गरेर हाल लाजिमपार्ट स्थित सृजना संगीत कलेजमा संगीत विषयमा अध्ययन गरिरहेकी छिन् ।

हेर्नुहोस भिडियो

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...