राष्ट्रिय फुटबल टोलीका कप्तान चेम्जोङले राखेप र सरकारलाई खुला पत्र

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सरकारलाई खुला पत्र लेखेका छन् । उनले फेसबुकमार्फत राखेप र सरकारलाई खुला पत्र लेखेका हुन् ।

उनले आफ्नो र अखिल नेपाल फुटबल संघ (एन्फा) का तर्फबाट भन्दै राखेप र सरकारलाई सम्पूर्ण खेलकुद गतिविधि सुरु गर्न आग्रह गरेका छन् । उनले सबै मापदण्ड पूरा गरी प्रशिक्षण सुरु गर्न अनुरोध गरेका हुन् ।

उनले देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेको विषय मन्त्रालय, राखेप र सरकार बिर्संदै गएको आरोप पनि लगाएका छन् । यतिका महिनासम्म खेलाडी र खेलकुद कुन दुर्दशामा छ भन्‍ने विषयमा सम्बन्धित निकायलाई कुनै चासो नभएको उनले लेखेका छन् ।

उनले नेपाली फुटबलको लोकदोहोरी कहिलेसम्म हेरेर बस्‍ने भन्दै प्रश्नसमेत गरेका छन् । उनले लामो समयको घर बसाइले खेलाडीले खेल्न बिर्सन लागेको पनि बताएका छन् । उनले सरकारलाई फुटबल राजनीतिजस्तो नभएको सुझाए । उनले लेखेका छन्, “७ महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ । जुन खेलाडी खेलेर नै जीविका चलाउँथ्यो ऊ त आजभोलि खेल मैदान छाडेर विदेश पो जाँदै छ त । लाज हुने कुरा होइन ? जय देश, जय नेपाली फुटबल ।”

कप्तान किरण चेम्जोङले यस्तो लेखेका छन्

आदरणीय राष्ट्रिय खेलकुद परिस तथा समानिय सरकार जिउलाई मेरो सानो खुला पत्र लेखन चाहन्छु म नेपाली राष्ट्रिय टोलिको तर्फबाट कप्तान किरण चेम्जोङ आपनो ब्याक्तीगत तर्फबाट र एन्फाको तर्फबाट सरकारलाई के सम्झौन चाहन्छु भने फूटबल मात्रै न भए सम्पुर्ण खेलकुद सुचारु गर्न सबै मापदण्ड पूरा गरि पुर्ण सुचारु गर्न हजुरहरुलाइ आनुरोध गर्दछु किन एकान दुकान गर्दै हुनुहुन्छ के खेलाडी सधै मर्म मै पार्ने र मर्ने हो भने तपाईंहरुले सम्बन्धि निकाएमा बसेको के अर्थ रयो र । खेलाडी चै सधैं काठमान्डौको धुलोमा तपाईंहरु चै चिलो गाडीमा। नेपाली खेलकुद मन्त्रालय र नेपाली खेलकुद परिसदका मान्य जिउ र समान्य आदरणीय नेपाल सरकार जिउनले सायद बिर्सनु भयो होला देशको नाम खेलकुद र खेलाडीले चिनाउने र गरेको छ। तर यतिका महीना खेलाडी खेलकुद कुन दुरदसामा छ भने एउटा भनक पनि चासोको विषय नबनाको देखदा फूटबलमा भबिस्य खोजने भाइ बैनी हरुमा कतिको असर परेको छ भने कुरा खुल्स्त रुपमा देखिन सकिन छ। सम्पुर्ण देशमा फूटबल सुरु भै सक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोली दिने मान्छे भए न । खेलाडीका लागि मात्र होइन खेलकुद लागी पनि बोलिदिने मान्छे भएन । सबै देशमा फूटबल सुरु भैसक्दा पनि हाम्रो देसमा खेलमैदानको लागि दु:खद घडीमा बनाको रंगशालामा फिलिमको सुटिङ मिउजिक भिडिओको लागि प्रेबेस खुला हुने। फूटबलका लागि खेल्न चै किन न हुने फूटबलले देशका लागि तेति ठूलो असर पार्छ र। अबका दिनमा सम्पुर्ण खेलमैदान मा खेल सुचारु गर्दिन आनुरोध गर्द छु आखिर कैले सम नेपाली फूटबलको लोकदोहोरी फेस्बुकमा हेरेर बस्ने हामीले नेपाली फूटबलको बिकाशका लागि कसैले केही गरिर्हेको देखिन । फूटबल खेलाडीले खेल्न बिर्सी सके सरकार फूटबल राजनिती जस्तो होइन बोले र मख पर्न फूटबलमा हात खुट्टाले दिमाग् लगा र खेल्ने गरिन चिलो गाडिमा बसेर गफ लगाए जस्तो सजिलो हुन । २ खुट्टा चलाए घर परिवार हेर्नू पर्ने हुन छ ७ महिना देखि बेरोजगार भएका खेलाडीको छेतिपुर्ती कस्ले दिन छ। जुन खेलाडी खेलेर नै जिबिका चलाउथो उ त आज भोलि खेलमैदान छोडेर बिदेश पो जाँदै छ त लाज हुने कुरा होइन यो खेलाडी खेलकुद र राजयको मान्या जिउ। । जय देश जय देश जय नेपाली फूटबल ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...