अमृत र कमलाको स्वरमा आउन मायालु सार्वजनिक (भिडियो सहित)

काठमाडौं, नेपाल ।।

म्याग्देली गायक अमृत रामदामको नयाँ सांगीतीक कोसेली “आउन मायालु” सार्वजनिक भएको छ । यस गीतमा चर्चित सर्जक प्रल्हाद सुबेदीको शब्द, सुन्दर हमालको संगीत रहेको छ । गायक अमृत रामदामले सांगीतीक क्षेत्रलाई निरन्तरता दिने सोच भएको र अहिलेको नयाँ गीत “आउन मायालु” लाई दर्शक श्रोताहरुले माया गरिदिनुहुने छ भन्ने आशा गरेको कुरा ब्यक्त गरेका छन् ।

चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतमा राजेश घिमिरे र पशुपति बस्यालको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा मुख्य अभिनयको रुपमा लोमस शर्मा र जुना गुरुङ रहेका छन् भने बेहुला बेहुलीको रुपमा रमेश सुनार र मञ्जु सुनारको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस

सो मौलिक पञ्चेबाजा गीत “आउन मायालु” गायक अमृत रामदामकै जन्म स्थान म्याग्दी जिल्लाको पुलाचौरमा गएर छायांकन गरिएको हो । कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...