जय किशन बस्नेत धूम ४ को तयारीमा ,काका भतिज एउटा चलचित्रमा

काठमाडौँ । नायक तथा निर्माता जय किशन बस्नेत धूम ४ को निर्माण तयारीमा लागेका छन् । अघिल्लो चलचित्र हिरो नं. १ को सफलतासँगै उनले धूम ब्राण्डलाई निरन्तरता दिएका हुन् ।जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा जाहान्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहने चलचित्र धूम ४ मा जय किशन बस्नेत र सलोन बस्नेत पहिलो पटक सँगै मुख्य भूमिकामा देखिन देखिन लागेका छन् भने जाहान्वी बस्नेत, प्रनिप अधिकारी पनि मुख्य भूमिकामा छन् ।

यो पनि पढ्नुहोस

8 best budget (below Rs 35 lakhs) cars in Nepal

खैरो हिरोईन सहित दुई पक्राऊ। click

धूम ३ बाट सिने जगतमा डेब्यु गराएकी नायिका एलिना रायमाझी पनि धूम ४ मा दोहोरिने छिन् । अन्य केही पुरुष कलाकारको साथमा एक जना मुख्य भूमिकामै रहने नायिकाको लागी नयाँ युवतीको खोजी भई रहेको नायक तथा निर्माता जय किशन बस्नेतले बताए ।

हाँस्य, एक्सन तथा सस्पेन्स कथामा निर्माण हुन लागेको यस चलचित्रमा बिनोद सापकोटाको छायाँकन, टंक बुढाथोकी, यम गुरुङ, राज सुनार तथा नबिन्द्र राईको संगीत, किशोर थापाको नृत्य, शंकर महर्जनको द्वन्द, रबि के.सी.को श्रृङ्गार रहने छ भने मदन ताम्राकार कार्यकारी निर्माता रहेको चलचित्र धूम ४ तुलसी बाँस्कोटाले निर्देशन गर्न लागेका छन् । चलचित्रलाई नयाँ वर्षको अवसर पारेर प्रदर्शन गरिने यस चलचित्रका नायक, लेखक तथा निर्माता जय किशन बस्नेतले बताए ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...