गायक रन लामाले गायिका मेलिना राईलाई‘कहिले हुन्न लेट’किन भने ? भिडियोमा हेर्नुहोस्

गायक रन लामाको नयाँ ‘कहिले हुन्न लेट’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मानशी किरणको शब्द, संगीत रहेको गीतमा मेलिना राई र रन लामाको स्वर रहेको छ । त्यस्तै गीतको एरेन्ज समेत मानशी किरणकै छ । आमा नेप्टी माया लामाको प्रस्तुती रहेको भिडियोको निर्देशन निमबाबु तामाङले गरेका हुन् ।

सार्वजनिक भिडियोमा न्यू स्टार क्रयुको नृत्य निकै मज्जाको छ । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई अमृत चापागाँईले सम्पादन गरेका हुन् । यसअघि गायक रन लामाको ‘पिरतीको रनको’ बोलको गीत बजारमा ल्याएका हुन् ।

यो पनि पढ्नुहोस

सुजा आलेको माया गर्छु तिमीलाई

अभियान के हो?

गायक रन लामा संगीतको अध्ययन पछि ‘कहिले हुन्न लेट’ गीत लाई लिएर बजारमा आएका छन् । यो गीतबाट निकै आशा रहेको उनि बताउँछन् । अडियो र भिडियो निर्माण गर्न कुनै कसर बाकी नराखेको भन्दै, म्युजिक भिडियोले राम्रो प्रतिक्रिया पाउँनेमा बिश्वस्त रहेको बताउँछन् ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...