रुपेश लिम्बु र डिजे सगुनले ल्याए स्सेन्टिमेटल गीत “फर्काई देऊ मलाई फर्काई देउ”

काठमाडौँ /आधुनिक सङ्गीतको युवा पुस्ता माझ चर्चित डिजे सगुनको लिरिकल भिडियो”फर्काई देउ मलाई फर्काई देउ” स्टार आर्ट अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

संगीतमा सानै देखी नै रुची राख्ने डिजे सगुनले डेद सय भन्दा बढी स्टेज शो मा आफ्नो डिजेईङ्ग कला मार्फत दर्शकलाई भरपुर मनोरन्जन दिई सकेका छन । १७ बर्षको उमेरमा २०११ मा भएको वार”अफ डिजे ईभेन्ट्समा ” १०० भन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै फाईनल सम्मको यात्रा गर्न सफल भएको थियो । जब स्टेजमा डिजे सगुनको प्रस्तुति हुन्थ्यो दर्शकहरु वान्स मोर भन्दै मनोरन्जन लिन्थे । डिजे गर्नुको साथसाथै गीतहरु लेख्ने, सङ्गीत हाल्ने क्रममा युवा पुस्तामा चर्चित र्याप गायक गिरिस खतिवडाले फिचरिङ्ग गरेको “टोलाई बस्छु” बोलको गीत अत्यधिक चर्चामा रहेको थियो ।

यो पनि पढ्नुहोस

SSOG ले फेरी ठुलो सहयोग

SSNG Big competition 15 October 2019.

जसमा संगीत डिजे सगुनको नै थियो । त्यस्तै चलचित्र गाठो मा “दाई गीत गाउने मन थियो गाई दे न त गाइदे”मा पनि संगीत उनैले नै दिएका थिए । गीत हिट भएका कारणले चलचित्र गाठो लाई प्रमोशनमा निकै सहयोग पुगेको थियो तर चलचित्र भने चलेन । यस्तै हिट गीत हरु मा सङ्गीत दिईसकेका डिजे सगुन अझै नौलो र जन मानसको ओठमा झुन्डिरहने गीत हरु निकाल्ने तिब्र तयारीमा लागिपरेका छ्न । हाल सार्वजनिक गरेका लिरिकल भिडियो”फर्काई देउ मलाई फर्काई देउ”बोलको गीत बालापन र युवा पुस्तामा भई सकेका मिठो घटना र परिस्थिति लाई याद दिलाउनलाई बनाएको बताएका छन । यस गीतमा भोकल रुपेश लिम्बुको छ भने शब्द संगीत  डिजे सगुन आफैले गरेका हुन् ।
भिडियो हेर्नुहोस् ::

 

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...