दिपेन्द्र राई दर्शको माया पाउने विश्वासमा भोटको अपिल गर्दै

पासाङ्ग तामाङ्ग – काठमाडौँ /नेपालमा विभिन्न चर्चित अन्तरास्ट्रिय गायन रियालिटी शोहरुको फ्रेंचाइस भित्र्याई रहेको बेला एउटा आफ्नै संस्कृति बोकेको गायन रियालिटी शो प्रशारणमा ल्याइएको छ । नेपाल लोक स्टार नाम दिइएको यस कार्यक्रम देशभरका लोक गितमा दखल राख्नेहरुको लागि सुवर्ण अवसर हुनेछ । हिमाल पहाड तराई मेची देखि महाकालीका विभिन्न भेगमा गाइने मौलिक लोक भाकाको संरक्षण पनि हुने र आफ्नो पहिचानको पनि निरन्तरता हुने हुनाले यो गायन रियालिटी शोलाई छुट्टै महत्वका साथ् हेरिएको छ |

समय संगै विदेशी नक्कलले आफ्नो मौलिकता हराउदै गएको बेला यस प्रकारको कम्पिटिसनहरु आयोजना हुनाले भाबि सन्ततिलाई पनि आफ्नो मौलिक लोक संस्कृति बारे जानकारी हुने अपेक्षा गरिएको छ ।


नेपालकै सबैभन्दा ठूलो मौलिक रियालिटी शो भनिएका ‘नेपाल लोक स्टार’को पहिलो सिजनको उत्कृष्ट ८ मा प्रदेश नम्बर :१ स्थित भोजपुर जिल्लाका दीपेन्द्र राई पुग्न सफल भएका छन् ।

नेपालकै सर्वाधिक पुरस्कार राशिको यस रियालिटी शोको विजेताले ५० लाख नगद, दोस्रो हुनेले २५ लाख नगद तथा तेस्रो हुनेले १० लाख नगद पुरस्कार तथा उत्कृष्ट १२ जनाले विश्व भ्रमण प्याकेज पाउनेछन् ।

भोजपुरका दीपेन्द्र राई एपीवान टेलिभिजनबाट सञ्चालित नेपाल लोक स्टारको टप ८ मा पुगेका छन् । यहाँ सम्म आउन छुट्टै मेहनत गरेको बताउँछन् । सानै देखि संगीतमा रुचि राख्ने दीपेन्द्रले गाउँकै विद्यालयबाट एसएलसीसम्मको पढाइ पुरा गरेका हुन् । हाल उनी सुनसरी जिल्ला इटहरीको भोजपुरे टोलमा बसो बास गर्दै पूर्वाञ्चल संगीत विद्यालयमा प्रशिक्षक लिएका थिए भने अहिले अल्फा म्युजिक स्कूलमा गणेश रिजालको शास्त्रीय संगीतका विद्यार्थी हुन् ।

प्रतियोगिताको पहिलो राउन्ड देखि नै आफ्नो थोरै थोरै भएका कम्जोरी हरुलाई दीपेन्द्रले आहिले प्रस्तुतिमा सुधार ल्याउँदै सबै प्रतिस्पर्धीलाई चुनौती दिदैं टप ८ पुगेका छन् ।दिपेन्द्र राइले भने मैले धेरै कुराहरु सिक्न बाँकी रहेछु, हिजो मैले घर गाउँ र केही स्टेजमाहरुमा गाएको गीत मेरो लागि सुरुवात मात्र रहेछ भन्ने कुरा यहाँ आएर थाहा पाए र यसको सदुपयोग पनि गर्दै छु । धेरै मेहेनत गरी पहिलो आईएमई नेपाल लोक स्टारको विजेता बन्ने छु ।

यो पनि पढ्नुहोस

पाँचौ अभियान

अब भने दर्शकको भोटिङ्ग मार्फत प्रतिष्पर्धीहरु छानिनेछन् ।

भोटिङ्गका लागि दिपेन्द्र राईलाई निम्न अनुसार भोटिङ्ग गर्न सकिनेछ ।

पहिलो IME NEPAL LOK STAR को भोट PLZ DIPENDRA RAI लाई गरौ । भोट गर्नको लागि मोबाईलको म्यासेज बक्समा गई L (स्पेस ) 21 टाइप गरि 37000 मा म्यासेज सेन्ड गर्नु होस् ।। र IME PAY मार्फ्त पनि गर्न सकिन्छ।
नेपाल बहिरा बाट भोट गर्ने तरिका यस् प्रकार छ।

INDIA:- बाट L (स्पेस) 21 टाईप गरि 53010 मा SEND गर्नु होला।
QUTAR:- बाट L (स्पेस ) 21 टाईप गरि 92300 मा SEND गर्नु होला।

 

 

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...