जि.बि. हाङ राई र किशु गुरुङको पूर्बेली गीत “सोल्टिनी ज्यु” सार्बजनिक हेर्नुहोस भिडियो – musicourchoice

काठमाडौं । पुर्वेली लोक गीत संगीतको विकासमा निरन्तर क्रियाशिल गायक जिविहाङ राई तथा गायिका किशु गुरुङको आवाजमा मौलिक पुर्वेली गीत बजारमा आएको हो ।
सार्वजनिक गीतमा मौलिक बाजा र संस्कृति झल्कने लोक लयलाई टप्पकै टिपिएको छ । संगीतकार डिआर अटुको पुर्वेली गीत दिक्तेल बजार एक्ले बर,चौबन्दी चोली,गुडी जाने रेल,झुम्के माया लगायतका सफल गीतमा संगीत दिएका पुर्वेली संगीतका बादशाह अटुको संगीतमा नयाँ गीत ‘सोल्टिनी ज्यु’ गीतको भिडियो बजारमा आएको छ।

दिल दिवाना राईको गीतमा शब्द सिर्जना रहेको छ । मौलिक पनलाई गीतमा समेटेर पुर्वेली भाकाको विकाशका लागी केही योग्दान पुग्ने भन्ने विश्वास आफुलाई लागेको राईले बताए ।
नवराज उप्रेतिको छायाँकन ,अमृत चापाँगाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । सोल्टिनी ज्यु गीतको भिडियोमा मरिष्का पोखरेल,उमेश राईको अभिनय तथा नृत्य रहेको छ।

यो पनि पढ्नुहोस

भिडियो हेर्नुहोस:

भिडियो हेर्न यहाँ किलिक गर्नुहोस्

https://www.youtube.com/watch?v=D6r3wx4I0JQ

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...