गोदावरी ओपन राष्ट्रिय कराते हुने

गोदावरी ओपन राष्ट्रिय वादो कराते प्रतियोगिता

गाेदावरी अाेपन, राष्ट्रिय वादाे कराते प्रतियोगिताकाे तेस्रो संस्करण मिति २०७५ फागुन ४ गते गाेदावरी नगरपालिका वडा नं. ३ स्थित गाेदावरी पार्टी प्यालेस, टाैखेलमा हुने भएको छ । गाेदावरी क्षेत्रमा २ दशक अगाडि देखि वादाे करातेकाे शाखा डाेजाेकाे रुपमा स्थापना भई विधिवत रुपमा संचालन भैरहेको गाेदावरी मार्शल अार्टस् सेन्टरले त्यस क्षेत्रमा कराते खेलकाे वार्षिक रुपमा करातेका विभिन्न स्तरका प्रतियोगिताहरु अायाेजना गर्दै अाइरहेकाे छ । यसै क्रममा यश वर्ष पनि गाेदावरी मार्शल अार्टस् सेन्टर र अाइ डब्लु एफ् एन् कराते डाे संघ, केन्द्रीय टेक्निकल कमिटीको अायाेजनामा उक्त राष्ट्रिय कराते प्रतियोगितामा हुदैछ।

यो पनि पढ्नुहोस

बालक हराएको सुचना!

प्रतियोगितामा विभिन्न जिल्ला र डाेजाेहरुबाट महिला र पुरुष २६५ जना खेलाडीहरूले २४ स्वर्णका प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा विजयी खेलाडीहरुलाइ टिम ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ भने प्रतियोगिताकै उत्कृष्ट महिला र पुरुष खेलाडीलाई उत्कृष्ट खेलाडीकाे रुपमा पुरुस्कृत गरिनेछ । प्रतियोगिता करातेका अन्तराष्ट्रिय रेफ्री तथा बरिस्ठ प्रशिक्षक राम लामाको रेफ्री संयाेजकत्वमा १० जना एसियन र २० जना राष्ट्रिय रेफ्री गरि ३० जना करातेका रेफ्रीहरुबाट संचालन हुदैछ । प्रतियोगिताको एक भव्य कार्यक्रम बिच माननीय युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ज्युले उद्घाटन गर्नु हुने कार्यक्रम रहेकाे छ । प्रतियोगिताको लागि खेलाडीहरुकाे खानपान, अावास लगायत सम्पूर्ण खर्च अायाेजक समितिले व्यहाेर्ने छ । प्रतियोगिताको कुल अनुमानित खर्च रु ६ लाख हुने अायाेजक कमिटीका प्रमुख चिन लामाले बताउनु भयाे ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...