दर्पण राईको “तिमीले बाटो फेरेउ अरे २” गीत सार्बजनिक

नेपाली ब्लकबस्टर गीत ‘तिम्ले बाटो फे-यौ अरे’को सेकेण्ड भर्सन ‘तिम्ले बाटो र्फेयौ अरे–२’ सार्वजनिक भएको छ।

काठमाडौं ।  नेपाली ब्लकबस्टर गीत ‘तिम्ले बाटो फे-यौ अरे’को सेकेण्ड भर्सन ‘तिम्ले बाटो र्फेयौ अरे–२’ सार्वजनिक भएको छ । गीतकार दर्पण राईको उक्त लोकप्रिय गीतलाई पछिल्लो समयकी चर्चित गायिका मेलिना राईले स्वर दिएकी छन् । यो गीत सार्वजनिक गरेलगत्तै चर्चामा आएको छ ।
यसअघि पनि तिम्ले बाटो फे-यौ अरे गीतमा फिमेल भर्सन मेलिनाले नै गाएकी थिइन् । जसलाई एकदमै रुचाइएको थियो । नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय भएको यस गीतको सिक्वेल ‘तिमीले खाएको कसम साँचो भएको भए’ बोलको गीतलाई गायक तथा संगीतकार विक्रम राईले संगीत गरेका हुन् । यस गीतको भिडियोमा गीतकार तथा मोडल दर्पण राई नै फिचर्ड छन् । दर्शक तथा श्रोताको प्रतिक्षित ‘तिम्ले बाटो फे¥यौ अरे–२’ गीतको भिडियोलाई फरकशैलीमा निर्माण गरिएको छ ।
भिडियोमा गायिका मेलिना नै मोडलका रुपमा देखिएकी छन् अर्थात गीतको भावमा मेलिनाको अन्तरभाव छ । यो गीतको भिडियो रिलिज गरिएको केही घण्टामै हजारौँले हेरिसकेका छन् । यो समाचार बनाइरहँदासम्म यस भिडियोलाई एक लाखभन्दा बढीले हेरिसकेका छन् । यो सामान्य भ्युअर्स होइन ।

‘तिम्ले बाटो फेर्यौ अरे’को दोस्रो गीतलाई लिएर गीतकार दर्पणसँगै गायिका मेलिना उत्साहित छिन् । ‘मलाई यो स्थानमा पुग्न तिम्ले बाटो फेर्यौ अरे’ले निकै सहयोग पुर्याएको छ’ मेलिना भन्छिन्, ‘यसपटक पनि यो गीत श्रोता दर्शकले रुचाएका छन् ।’
यस गीतको भिडियो पनि आकर्षक बनेको छ । शान थापाको निर्देशन रहेको भिडियोलाई अनिल के. मानन्धरले खिचेका हुन् भने भिडियोमा राजिव समरको कोरियोग्राफी तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीतकार दर्पणका अनुसार यो गीत वास्तविक प्रेम–वियोगमा आधारित गीत छ । जसले गर्दा पनि यो गीतलाई दर्शक श्रोताले रुचाएका छन् । यस गीतको भिडियोलाई एमएमएस इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो ।

यो पनि पढ्नुहोस

गोपाल सागरको मलाई राखिदेऊ

अभियान के हो? Old version:

https://www.youtube.com/channel/UCK3l_2pJbA3DOe0Ah6cht4Q

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...