राष्ट्रपतिलाई पनि लठ्याउने विश्कपकी सद्भावना दूत, १५ फोटोमा हेर्नुस् उनको सुन्दरता

एजेन्सी। फिफम विश्वकप २०१८ को लागि भिक्टोरिया लोपिरेभालाई सद्भावना दूत बनाइएको छ । भिक्टोरिया २००३ मा मिस रुसकी विजेता हुन् । अहिले उनलाई वल्र्ड कप गर्लको नामले चिन्न थालिएको छ । भिक्टोरियाले २०१८ विश्वकपको ब्राण्ड एम्बेसेडर बनेसँग रुसबाहिर संसारभर आफ्ना लाखौं फ्यान बनाएकी छिन् । सामाजिक संजालमा १० लाखभन्दा बढी फलोअर भएकी भिक्टोरिया आफ्ना फोटोहरु पोस्ट गरिरहन्छिन् ।

भिक्टोरिया विश्वकपको ब्राण्ड एम्बेसेडर त्यसै बनेकी होइनन् । उनलाई स्वयं रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो कामका लागि रोजेका हुन् । स्थानीय मिडिया रिपोर्टका अनुसार भिक्टोरिया राष्ट्रपति पुटिनकी रोजाइ हुन् । स्रोतका अनुसार पुटिनले भिक्टोरियालाई एक फुटबल कार्यक्रम संचालन गर्दै गरेको देअ‍ेपछि उनीबाट प्रभावित भएका थिए ।

भिक्टोरिया खेलकुद कार्यक्रम प्रस्तोताका साथै हिरोइन, मोडल र फेशन ब्लगर पनि हुन् । भिक्टोरियाले २०१५ देखि विश्वकपको सद्भावना दूतको भूमिका निभाइरहेकी छिन् । ३४ वर्षकी भिक्टोरिया बिजनेर एडमिनिस्ट्रेसनमा ग्रयाजुएट छिन् । उनी पहिलो पटक १९९९ मा मोडलिङमा आएकी हुन् । उनले मिस रुसको साथै अनेक मोडलिङ अवार्ड जितेकी छिन् ।

भिक्टोरिया इङलिस फुटबल क्लव म्यानचेष्टर युनाइटेडकी फ्यान हुन् । फुटबलसँग पुरानो नाताका कारण अहिले उनी सजिलै आफ्नो जिम्मेवारी पूरा गर्दैछिन् । भिक्टोरिया सबैभन्दा बढी नेयमारलाई मन पराउँछिन् । यद्यपि उनी मेस्सी, रोनाल्डो र पोग्बाको पनि तारिफ गर्छिन् । उनले विवाह पनि फुटबलरसँगै गरेकी थिइन् । उनले २०१३ मा रुसका स्टार फुटबलर फेडोर मोलोवसँग बिहे गरेकी हुन् । तर, दुई वर्षपछि नै उनीहरुको सम्बन्धविच्छेद भयो ।

यो पनि पढ्नुहोस

 

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...