गायक धिरज राईको आयो नयाँ गीत जुनेली रातको

MOC| चर्चित गायक धिरज राईको नयाँ पप गीत जुनेली रातको सार्वजनिक भएको छ । नेपाली माइकल ज्याक्सन भनेर चिनिने नेपाली पप स्टार गायक धिरजले लामो समयको अन्तरालपछि आफ्नै शब्द र संगीतमा नयाँ पप गीत बजारमा ल्याएका हुन् ।आधा नेपाली र आधा अंग्रेजीमा रहेको यस गीतमा रोमान्टिक लभस्टोरी समेटिएको छ।


भिडियोमा योगेन्द्र राई , अञ्जना राई र मेरिना तुम्सा लिम्बुको अभिनय रहेको छ ।पबिन्द्र श्रेष्ठले निर्देशन गरेको भिडियोलाई पबिन्द्र श्रेष्ठ र सुदेश श्रेष्ठले छायांकन गरेका छन् ।कमलपोखरी र सिटी सेन्टरको आसपास छायांकन गरिएका भिडियो लभ बल्लाड्स एल्बममा समावेश छ ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...