तामाङ कथानक चलचित्र “छार ग्यालम” बैशाख १६ गते प्रदर्शन हुदै

काठमाडौ । तामाङ् तथा नेपाली भाषामा पहिलो पटक निर्माण गरिएको कथानक चलचित्र “छार ग्यालम अर्थात “नयाँ बाटो” ले चलचित्र सेन्सर बोर्डबाट पिजि सर्टिफिकेट पाईसकेको छ। कोशीपारी फिल्मस प्रा.लि. को ब्यानरमा धन बहादुर तामाङ् (सागर) ले निर्देशन गरेको उक्त चलचित्र सेन्सर बोर्डले प्रदर्शन लागि अनुमती पनि पाईसकेको छ ।

नेपाली समाजमा ब्याप्त एकले अर्का प्रतिको ईर्ष्या तथा द्वेश र सम्पन्नले बिपन्न माथी गर्ने थिचोमिचोका विरुद्ध नयाँ बाटो स्थापना गरेर युवा पिढीलाई हिडाउन चेतना बिस्तार गर्ने कथा बोकेको यस चलचित्रमा कुमार मोक्तान, सुनिता लुङ्बा, राजिव तामाङ् (राहुल), सङ्गीता दोङ्ग, लक्षमण बिक्रम बस्नेत, प्रकाश श्रेष्ठ, छिरिङ्ग तामाङ् लगायत कलाकारहरुले अभिनय गरेका छन भने पवित्रा तामाङ् र दीपा वाइबा निर्माता र बुद्धमाया तामाङ्, इन्द्रमाया तामाङ् र कुमारी तामाङ् सह-निर्माता रहेका छन । त्यसै गरि बुद्ध स्याङ्बा, प्रदिप न्यासुर र प्रयास दोङको सङ्गीत, रमेश थापा र वीर बहादुर तामाङ्को नृत्य राजु किरातको द्वन्द, लक्ष्मण घिमिरेको छायांकन र तुलसी बास्कोटाको सम्पादन रहेको छ ।

नृत्य निर्देशक हुँदै धन बहादुर तामाङ् (सागर) ले पहिलो पटक निर्देशन गरेको चलचित्र “छार ग्यालम” यहि बैशाख १६ गतेका दिन रास्ट्रीय नाचघर जमलमा एक समारोहका बिच बिशेष प्रदर्शनी गरिने भएको छ । चाडै नै राष्ट्रिय स्तरमा सार्वजनिक प्रदर्शन गरिने यो चलचित्रले पिजि सर्टिफिकेट पाए सङ्गै १६ वर्ष भन्दा कम उमेरका दर्शकहरुले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन ।यस मुभीको ट्रेलर हेर्नुहोस।

 

Comments (0)
Add Comment