रामेछापको दोरम्बा गाऊँपालिकामा IWFN डोजो कराँते उर्लिदै…

रामेछापको दोरम्बा गाऊँपालिकामा IWFN डोजो कराँते उर्लिदै...

MOC News रामेछाप।

आईडब्लुएफएन कराँते डो संघको दोरम्बा शाखा डोजो उद्घाटन भएको छ । गत बुधबार रामेछाप जिल्लाको दोरम्बा गाऊँपालिका वडा नं ३ स्थित  टोकरपुरमा उद्घाटन भएको सो डोजो रामेछाप जिल्ला संघको पाचौं शाखा हो ।

कार्यक्रममा IWFN कराँते दोरम्बा शाखाको १५० भन्दा खेलाडीहरुको उपस्थितीमा कराँते प्रदर्शनी र स्थानिय कलाकारहरुबाट विविध सांस्कृतिक कार्यक्रम समेत संचालन भएको थियो ।

कार्यक्रममा कमान सिंह मोक्तान, उपाध्यक्ष कृषाला घिसिङ्ग, पूर्व सभासद तथा नेकपाका नेता देवशंकर पौडेल र डिल्लीमान तामाङका साथै उक्त गाउँपालिका भित्रका वडा प्रमुखहरुको उपस्थितीरहेको थियो ।

कार्यक्रम कराँतेका केन्द्रिय प्राविधिक  समितिका कोषाध्यक्ष एवम् रामेछाप जिल्ला प्रमुख ज्ञान बहादुर थापामगरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम रामेछाप जिल्ला सचिव सरोज थापाले संचालन गरेका थियो ।

Comments (0)
Add Comment