सबैलाई हँसाउने मदन कृष्ण श्रेष्ठ ले आज सबलाई रुवाए

MOC। काठमाडौँ। प्रख्यात हास्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । उनकी ६७ वर्षीया पत्नी यशोदा श्रेष्ठको सोमबार राति पौने ११ बजे निधन भएको हो उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।
२००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा जन्मिएकी श्रेष्ठको मदनकृष्ण श्रेष्ठ सँग ३५ वर्षअघि विवाह भएको थियो । श्रेष्ठ दम्पतीका एक छोरा, एक छोरी छन् । छोरा यमन पनि कलाकार हुन् ।
उनलाई श्रद्धाञ्जली अर्पण गर्न कलाकार तथा आफन्तजन पुगेका थिए । विगत ८ वर्षदेखि क्यान्सरपीडित श्रेष्ठको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो ।

Comments (0)
Add Comment