AST FREE COMPETITION!

10 may,2019 MAN MAGAR”तपाईँ हाम्रो एउटै घर, कला र गला प्रस्फुटन गर्ने सुनौलो अवसर” भन्ने मूल नाराका साथ अल सिङ्ग टुगेदर (ए. एस. टी.) ग्रुपले आफ्नो पहिलो वार्षिक उत्सवको अवसरमा निःशुल्क खुल्ला स्मुल गायन प्रतियोगिता राख्ने भएको छ। जुन १ तारिख बाट संचालन हुने उक्त स्मुल गायन प्रतियोगिताको विजेताले पुरस्कार राशि पहिलो दोश्रो र तेश्रोले क्रमश नगद रु. रु.१५०००/- रु.१००००/- रु.५०००/- पाउने छन्। पूर्ण स्मुल मैत्री रहेको उक्त प्रतियोगितामा व्यवसायिक गायक गायिकाहरूले भने स्थान नपाउने ए. एस. टी. संस्थापक तिलक तामाङ ले बताउनुभयो। जुन महिनाको हरेक शनिबार १२ बजे भित्र प्रत्येक प्रतियोगिले आफ्नो प्रस्तुति निर्णायक कक्षमा बुझाउनुपर्ने छ। पहिलो गीत आफ्नै छनौटको गाउन सकिन्छ भने बाँकी ३ वटा गीत निर्णायक को छनौटमा विभिन्न विधामा गाउनु पर्ने छ जुन आधुनिक, क्ल्लासिक र देश भक्ति रहनेछन्। निर्णायकले नतिजा २ विधामा गर्ने छ। ( safety zone) सुरक्षित क्षेत्र र (danger zone) खतरा क्षेत्र जसबाट सुरक्षित क्षेत्रमा पर्ने प्रतियोगि स्वतः अर्को चरणको लागि छनौट हुनेछ भने खतरा क्षेत्रमा पर्ने प्रतियोगिले भने फेसबुक मा राखिने प्रस्तुतिको भियूज लाईकका आधारमा अर्को चरणमा स्थान पाउने छन्। नतिजाको लागि प्रतियोगिले ए. एस. टी. फेसबुक पेज र ए. एस. टी. यूट्यूव मार्फत LIVE जानकारी दिईने ए. एस. टी. निर्देशक मनोज कुमारले बताउनु भएको छ र अन्य विविध जानकारीका लागि ए. एस. टी. सल्लाहकार प्रेरणा शेर्पा तथा न्युज पार्टनर www.musicourchoice.com मा गएर पनी हेर्न सक्नु हुनेछ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...