दोरम्बामा पहिलो पटक गाउँपालिका उपाध्यक्ष कप प्रदेश स्तरीय वादो कराते प्रतियोगिता हुदै

दोरम्बामा पहिलो पटक उपाध्यक्ष कप प्रदेश स्तरीय वादो कराते प्रतियोगिता हुदै

Kathmandu,7 December2018
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा गाउँपालिका उपाध्यक्ष कप प्रदेश स्तरिय वादो कराते प्रतियोगिता यही मंसिर २९ र पौष १ श्री कण्ठेश्वर उ.मा.बि. को प्राङ्गण टोकरपुरमा आयोजना हुने भएको छ। दोरम्बा गाउँपालिकाको बार्षिक कार्यक्रम बमोजिम दोरम्बा गाउँपालिकाको आयोजनामा र आई.डब्लु.एफ.एन.कराते डो संघ जिल्ला डोजो रामेछापको सह-आयोजनामा हुन गईरहेको उक्त कराते प्रतियोगिताले दोरम्बा गाउँपालिका भित्र कराते खेलको प्रतिभावन खेलाडीहरुको उदय हुने साथै पर्यटकीय स्थल दोरम्बा गाउँपालिकामा आन्तरिक पर्यटन प्रबद्धनमा टेवा पुग्ने दोरम्बा गाउँपालिकाकी उपाध्यक्ष शुश्री कृशला घिसिङ्ले जानकारी दिदै
खेलाडी राष्ट्रको गहना हो। खेलकुदले युवा नेतृत्वको बिकासमा पनि टेवा पुरयाउनुको साथ साथै अनुशासित बनाउछ। बालबालिका देखी युवा बृद्धा सम्मलाई मानसिक र शारीरिक रुपमा तन्दुरुस्त र सक्रिय बनाउछ। हामीले हाम्रो दोरम्बा गाउँपालिकाको युवा तथा बाल-बालिकाहरूलाई फुर्सदको समयमा गलत बाटोमा जाने सोच बिचारहरू दिमागमा आउन नदिन दिमागलाई ब्यस्त र फ्रेश राख्ने महत्वपुर्ण रुपमा खेलकुदलाई मानिन्छ। आफ्नो राष्ट्रलाई चिनाउन खेलाडी सधै स्वतन्त्र हुन्छ। जुनसुकै राष्ट्रिय अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिदा आफ्नो राष्ट्रिया प्रतिको जिम्मेवारी बोध हुन्छ जस्ले गर्दा युवाहरूलाई देश बिकासमा सहजै सहभागिता गराउन सकिन्छ।
त्यसैले खेलकुद माध्यम बाट नै एउटा नमुना गाउँपालिकाको रुपमा दोरम्बा गाउँपालिकालाई चिनाउने प्रतिबद्धता पनि गरिन्।
त्यस्तै गरी यसै कार्यक्रमका संयोजक तथा खेलाडी प्रशिक्षक श्री ज्ञानबहादुर थापामगरले भने दोरम्बा गाउँपालिका रामेछाप जिल्लाको अति बिकट क्षेत्रमा पर्दछ यस क्षेत्रमा लामो समय देखी खेलकुद क्षेत्रमा संघर्षरत दौरानमा पहिलो कार्यक्रम नै प्रदेश स्तरीय हुने भएकोले सम्पुर्ण दोरम्बा गाउँपालिका बासीहरु यस कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्न उत्साहित रहेको बताउनु भयो।
दोरम्बा गाउँपालिकाकी उपाध्यक्ष शुश्री कृशला घिसिङ् पनि अन्तरराष्ट्रिय खेलाडी नै रहेकोले उपाध्यक्ष कप प्रतियोगिता आयोजना गर्न लागेको कुरा कार्यक्रम संयोजक श्री ज्ञानबहादुर थापामगरले बताउनु भयो। कार्यक्रममा सहभागी खेलाडी रेफ्री तथा कोचहरुको लागि खान र बस्ने व्यवस्था आयोजकले गर्ने भएको छ। यस कार्यक्रमको लागि बजेट रु.८,००,०००।- (आठ लाख) हुने आयोजक टिमले अनुमानित गरिएको छ।
दोरम्बा गाउँपालिकाले उपाध्यक्ष कप प्रतियोगिता प्रदेश स्तरीय भएकोले ३ न. प्रदेशमा रहेका १३ वटै जिल्लाबाट महिला ११५ र पुरुष १९० गरी जम्मा ३०५ जना खेलाडीहरुले २७ स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा सिनियर तर्फ महिला तौल समूहमा ४५,५०,५५,६० र सो भन्दा माथिको समूह खुल्ला तौल र पुरुष तर्फ ४५,५०,५५,६०,६७,७५ र सो भन्दा माथिको समूह खुल्ला के.जी. तौल समुहका खेलहरु हुनेछ।त्यस्तै जुनियर तर्फ महिला तौल समूहमा २०,२५,३०,३५ ,४० र पुरुष तर्फ २०,२५,३०,३५,४० के.जी. तौल समुहका खेलहरु हुने साथै काता तर्फ महिला र पुरुष तर्फ सिनियर र जुनियर दुबैमा प्रतिस्पर्धा हुने आई.डब्लु.एफ.एन.कराते डो संघका केन्द्रिय टेक्निकल कमिटीका अध्यक्ष श्री चिन लामाले बताउनु भयो।प्रतियोगितामा विश्व कराते महासंघको नियमानुसार संचालन गरिने समेत लामाले बताउनु भयो।
दुई दिन सम्म चल्ने उक्त कराते प्रतियोगितामा ख्याति प्राप्त लोकप्रिय कलाकारहरुको साथै मोडेल राहुल मोक्तान,म्युजिक भिडियो निर्देशक खमेश श्रेष्ठ,गायिका रेश्मा बम्जन र रश्मी राईको बेजोड मनोरोञ्जनात्मक प्रस्तुती समेत रहेको उक्त करातेको रामेछाप जिल्ला सचिव श्री सरोज थापामगरले बताउनु भयो। प्रतियोगितामा बिजयी खेलाडी टिमलाई मेडल, ट्रफि र प्रमाण पत्र वितरण साथै खेलकुद क्षेत्रमा योगदान गर्नहुने व्यक्तिहरूको सम्मान कार्यक्रम समेत रहेको छ।
सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...