विदेश लगेर फसाउनेलाई नछोडिने

MOC|तीन दिन देखि मलेसियामै रहेका तीन जना युवा सांसदहरुले वैदेशिक रोजगारीमा अनेकौ आश्वासन देखाएर युवाहरुलाई फसाउनेहरुलाई कुनै हालतमा नछोड्ने बताएका छन् ।
उनीहरुले भने,’मलेसियाबाट र्फके लगत्तै श्रम तथा परराष्ट मन्त्रीलाई भेटछौ
गरीब नेपालीका छोराछोरीलाई गाउँदेखि विदेशमा समेत ठग्नेको जालोलाई तोड्नेमा पछि हट्ने छैनौ ।’

नेपाली दूतावास मलेसिया, मानब अधिकार आयोग मलेसिया,मलेसियन बार काउन्सिल,मलेसियामा रहेका स्थानीय संघसंस्था,नेपाली संघसंस्थाका प्रतिनिधि तथा विभिन्न श्रमिकहरुलाई भेटेपछि उनीहरु यस्तो निचोडमा पुगेको बताएका हुन् ।

यो पनि पढ्नुहोस

Moc group song सार्बजनिक

सांसद रामकुमारी झाकि्रले भनिन्,’चिल्ला कुरा गरेर फसाउनेहरुका दिन गए, वैदेशिक रोजगारीका वेथितिहरुमा सुधार आउँदैछन केही दिनपछि हेर्दे जानुहोस अब बिस्तारै थाहा पाउनु हुनेछ ।’

अर्का सांसद डा.दिपक प्रकाश भटटले विदेशमा सिकेको सीपलाई स्वदेशमै प्रयोग गर्नुपर्ने, विदेशआउनु पूर्व आफूपनि निकै चनाखो हुनु पर्नेमा जोड दिए ।
उनले थपे, ‘कसैको आश्वासन सुनेर विदेश नआउनुहोस थुप्रै रोजगारीको सिर्जना देशमै पनि भएको छ ।’

यसैगरी अर्का सांसद प्रकाश रसाइलीले सबै मिलेर देशमै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिए । ‘गरीब नेपालीलाई विभिन्न बहाना वनाएर गाउँदेखि विदेशसम्म ठगेका छन् उनीहरुलाई कुनै हातलमा पनि छाडिदैन ।’ उनले भन

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...