नेपालीपन झल्काउँदै मनमगन भएर आए दीपक बज्राचार्य

MOC। चर्चित पप गायक दीपक बज्राचार्य ले आज नयाँ वर्ष को अवसर पारेर आफ्नो नयाँ गीत मनमगन को विडियो सार्वजनिक गरेका छन्। आफ्नै युट्युब च्यानल मार्फत उक्त गीत आज बैशाख १ गते सार्वजनिक गरेका हुन्।

यो पनि पढ्नुहोस

8 best budget (below Rs 35 lakhs) cars in Nepal


पछिल्लो समय नेपालीपन झल्किने कुरा हरुलाई प्राथमिकता दिएर गीत सङ्गीत ल्याइरहेका दीपक बज्राचार्य को यो मनमगन मा झन् काठमाडौँ को लगभग सम्पूर्ण नेवारी संस्कृति लाई समेट्ने कोशिश गरेको देख्न सकिन्छ।


दीपक बज्राचार्य को यस गीत मा दीपक र रिक्की शाक्य को सङ्गीत रहेको छ भने रिक्की कै शब्द रहेको छ।रिदम ब्याण्ड को सङ्गीत संयोजन रहेको गीतलाई मिक्सिंग ब्याण्ड मेम्बर फिरोज ले गरेका छन्। यस गीत को विडियो निर्देशन सुब्रत राज आचार्य को रहेको छ भने सम्पादन सुप्रिम पराजुली को अनि क्यामेरा अनिल मानन्धर ले चलाएका छन्।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...