होटल ताराले हायांगमा उप साख खोल्दै।

네팔 사랑 래스토랑

Ok29 January 2024 Daegu South Korea दक्षिण कोरियाको थेगु शहरमा रहेका प्रबाशी नेपालीहरुलाई आवश्यक सहयोग गर्दै आईरहेका होटल ताराका प्रेप्राईटर चिरनजिबी पाण्डेले थेगुकै हायांगमा उप-साखा खोल्ने भएका छन्।मौलिक नेपाली खाना, मौलिक नेपाली वाताबरणमा,स्वस्थ सफा र ताजा घरेलु स्वादमा नेपाल सारांग / 네팔 사랑 नामक रेष्टुरेण्ट ३ फेब्रुअरी २०२४ मा खोल्ने भएका हुन्। भाषागत क्षेत्रगत र स्वादको तवरबाट पनी नेपालीपन र कोरियनलाई समेत समष्टिगत गरी उत्क्रिष्ट नामको छनौट गरिएकाले भविष्यमा खोलिने साखा एवम् सम्पुर्ण उप-साखा रेष्टुरेण्ट तथा होटलहरु नेपाल सारांग / 네팔 사랑 कै नामबाट रहने होटल ताराका एम.डी सुबास पाण्डेले बताएका छन्।

क्षेत्रफलको हिसाबले सय फ्यंगको हाराहारिमा रहेको नेपाल सारांग रेष्टुरेण्टमा आंशिक लगानीकर्ताको रुपमा भने बिकास राई पनी जोडिने भएकोछ। होटल ताराबाटै सह-पाठीको रुपमा रहेका राई सोलुनिबासि हुन्। आगामी कोरियाको बसाई सशक्त ब्यबसायिक रुपमा रहने र नेपाली दाजुभाई दिदि बहिनीहरुको सर-सहयोगमा तत्पर  रहने राईले हामीलाई जानकारी दिए।

आन्सिम् यकबाट पन्ध्र मिनेट बसबाट हिँडेपछी ईन्टर बसपार्कमा नंग्यब NH बैंकसित जोडिएको नेपाल सारांग रेष्टुरेण्ट २०२४ को कोरियाको नयाँ बर्ष सलनाल बिशेष हुने भएको प्रमुख सन्चालक चिरनजिबी पाण्डेले बताएका छन्।

Comments (0)
Add Comment