चर्चित गायिका अमृता लुङगेलीमगर र भुवन थापामगरको “फूल फूल्यो तोरी” गीत भिडियो सहित सार्वजनिक।

MOC न्युज काठमाडौ, २४ माघ । भुवन थापामगरको पहिलो सांगितिक कोशेली “फूल फूल्यो तोरी” गीतको म्यूजिक भिडियो संजीब ठकुरी यूट्यूब च्यानलबाट आज सार्वजनिक भएको छ।

यस गीतमा चर्चित गायिका अमृता लुङगेलीमगर र सोम रिजालमगरको सुमधुर स्वर रहेको छ भने भुवन थापामगरको शब्द/संगीतमा के.बि. भन्डारीको एरेन्ज रहेको छ।

गीतकार भुवन थापामगर रामेछाप जिल्लाको दोरम्बा गाँउपालिका वडा न. ३ निगुरे गाँउमा जन्मेको हुर्केकाले आफ्नै गाँउको टिपिकल शब्द प्रयोग गरी रोमान्टिक शैलीमा तयार भएको “फूल फूल्यो तोरीको” भिडियोमा चर्चित मोडल करिश्मा ढकाल, संजीब ठकुरी र भुवन थापामगरको धमाकेदार नृत्य रहेको छ।

यस गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने प्रकाश खड्काको छायाँकनमा लक्षमन चौहानको सम्पादन रहेको छ।

हेर्नुहोस भिडियो:

Comments (0)
Add Comment