पिएन सापकोटा र निर्देशन दुर्गा बिरहीले’गाई चराउने वन’ भुमाए रक्षा श्रेष्ठलाई-भिडियोमा हेर्नुहोस्

काठमाडौँ /आत्म बिश्वास फिल्मस् प्रा.लि.को प्रस्तुतीमा गीता श्रीस मगरको साँगीतीक कोसेली “गाई चराउने वन” सार्वजनिक भएको छ । कात्तिक १९ गतेका दिन दुर्गा बिरहीको सभापतित्व र चन्द्र शर्माको प्रमुख आतिथ्यतामा बिमोचन कार्यक्रम सहित सो गीतको सार्वजनिक गरिएको थियो । कार्यक्रममा कुलेन्द्र बिक, कृष्ण आँशु, राजन भुजेल, झलक संगीतम, पिएन सापकोटा, सुजन लम्साल, भिमसेन खतिवडा, शोभा त्रिपाठी लगायत कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

बिमोचन कार्यक्रममा सञ्चारकर्मी राजकुमार रायमाझीको सञ्चालन रहेको थियो । उक्त गीतमा चर्चित गायक कुलेन्द्र बिक र गीता श्रीस मगरको स्वर, झलक संगीतमको एरेञ्ज रहेको छ भने दर्गा बिरहीको शब्द, संगीत रहेको छ ।

उक्त गीतमा दुर्गा बिरहीको निर्देशन, आर्यन मगरको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । यस गीतको भिडियोमा पिएन सापकोटा, रक्षा श्रेष्ठ, रोहित थापा मगर र योगीसा खत्रीको अभिनय हेर्न पाईन्छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।भिडियो हेर्नूहोस :

Comments (0)
Add Comment