गायिका अनिता लिम्बुको चाहना माया सँगै घुम्न्ने

पासाङ तामाङ/इटहरी।नेपाली साङ्गीतिक क्षेत्र सानो छ तर संगीतमा नाम, दाम कमाउने रहर र सपना बोकेर आउने गायक गायिकाको सङ्ख्या धेरै छ । हरेक दिन नयाँ एल्बम बिमोचन र गीतहरु डिजिटल बजारमा सार्वजनिक भैराखेका हुन्छन।फिल्म होस वा गीत कन्टेण्ट र नयाँ नयाँ थिममा फरक स्वादका गीत र फिल्म आइरहेका छन। नयाँ नयाँ प्रयोगहरु गीत संगीतमा भैरहेका छन्। भिडियो मेकिङको प्रोसेस पनि परिवर्तन भएको छ ।संगीत सिकेर बुझेर आउने गायक गायिकाको प्रवेश पनि भैराखेको छ।

गायक रक्षक राई र गायिका अनिता लिम्बुको आवाजमा सजिएको”माया सँगै बोल्ने चाहना छ”बोलको गीतको स्टूडियो लिप्सिङ भिडियो सार्वजनिक भएको छ ।कविता लिम्बुको प्रस्तुतिमा रहेको उक्त गीत पूर्वाञ्चल म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो भने विकाश लिम्बुको शब्द र संगीतमा रहेको गीतमा कुन्दन राईको एरेन्ज रहेको छ । रेकर्डिस कैलाश खालिङले गरेका हुन् भने भिडियो छायांकन रुद्र श्रेष्ठको रहेको छ । भिडियोलाई सागर खवासले सम्पादन गरेका छन् ।गीतको भिडियो लाई पूर्वाञ्चल डिजिटल रेकर्डिङ्ग स्टुडियोले बजार व्यवस्थापन गरेको छ । हेर्नुहोस् गीतको भिडियो:

 

Comments (0)
Add Comment