अभियानले अब ७ औँ चरणमा प्रबेश गर्दै

30 April, 2019 राजेन्द्र लिम्बु यु.ए.ई। नौलो अभियान को नौलो प्रयोग स्तर उन्नतिको लागि हाम्रो सहयोग भन्ने उद्देश्यका साथ स्थापित स्मुल गायन मैत्री अभियानको यो सातौँ प्रबेश गरिरहेको छ। अबको छैठौँ चरणमा इन्टरनेसनल स्मुल सिङ्गिङ ग्रुप (ISSG) र काठमाडौं सिङ्गिङ ग्रुप (KSG ) बीच 1st may बाट 1st june सम्म हुने स्मुल गायन मैत्री अभियानको अफिसियलले जनाएको छ ।म्युजिक आवर चोइस् (MOC) को विशेष धारणामा स्मुल सिङ्गिङ ओपन ग्रुप (SSOG) को प्राबिधिक सहयोग पाएपछी स्मुल्को साङ्गितिक दुनियाँमा धेरै सांगितीक समुहहरुले मन पराएको अभियानको अफिसियलले जनाएको छ ।अभियान्ताको रुपमा पहिलो चरण अन्तर्गत MOC र SSOG ले सहकार्य सुरु गरेको अभियान दोस्रो चरणमा अल सिङ्ग टुगेदर ( AST) र सङ्गीत सरोबर नेप्लिज ग्रुप (SSNG) रहेको थियो । तेस्रो चरणमा मेलोडी म्युजिकल ग्रुप (MMG) र अल नेप्लिज सिङ्गिङ ग्रुप (ANSG) रकेको थियो।चौथो चरणमा हालै सन्चालन भईरहेको वेल्कम टु मङ्गोलियन स्मुल ग्रुप (WMSG) र स्मुल सिङ्गिङ ओपन ग्रुप (SSOG) रहेकोछ भने पाँचौ चरणमा लेट्स सिङ्ग स्मुल सिङ्गर्स ग्रुप (LSSS) र म्युजिक आवर चोइस् (MOC) रहेको छ र अभियान ७ का लागी पनी जुनबाट जुलाई सम्म राईजिंग स्मुल ग्रुप RSG र संगित हाम्रो आवाज SHA ले आरक्षण सकेको छ अभियानले जानकारी दिनु भयो। यसरी सङ्युक्त रुपमा हुने गठबन्धनले ओझेलमा परेका नयाँ नयाँ प्रतिभाहरुलाई साङ्गितिक क्षेत्रमा अगाडि बढ्न ठूलो सहयोग पुग्ने र समुहहरुमा बिचको दुस्मनी भाव घटाउँदै facebook likes, youtube subscribe र official ID हरु follow भई ग्रुपको स्तर उन्नती नै गुणात्मक ब्रिद्दी हुने अभियान श्रोतको अफिसियलले बिस्वासका साथ दाबी गरेकोछ।

Comments (0)
Add Comment