TVOS को सांगितीक “धुम”

29 April, 2019 राजेन्द्र लिम्बु, यु.ए.ई.—The Voice Of Smule नामक एक साङ्गितिक समुहले पाँच वटा भिन्न भिन्न ग्रुप लाई समेटेर म्युजिकल धमका ल्याएको छ । उक्त कार्यक्रम मा स्मुल सिङ्गिङ ओपेन ग्रुप SSOG, अल नेप्लिज सिंगिंङ ग्रुप ANSG, संगीत सरोवर नेप्लिज ग्रुप SSNG, राईजिंग स्मुल ग्रुप RSG र मेरीगोल्ड स्मुल ग्रुप MSG गरी पाँच वटा ग्रुप सहभागी रहने TVOS अफिसियलले जानकारी दिनु भएको छ।

may 1st बाट june 1st सम्म रहने TVOS प्रतियोगिताले नयाँ नयाँ साङ्गितिक युवाहरुलाई बिशेष अवसर दिँदै नेपाली गित संगित क्षेत्रलाई थोरै भए पनी आ-आफ्नो ठाउँबाट संरक्षण र संबर्द्धन गर्दै जनजागरण गर्ने दाबी गरेको हो ।उक्त प्रतियोगितामा आफ्नो लाइन ID स्मुल ID र आफ्नो ग्रुप स्पष्ट खुलाएर १०/१० जनाले मात्र पर्तिस्पर्धा मा भाग लिन पाउने जानकारी TVOS ले दिएको छ । पहिलो राउन्डमा एलिमिनेशन नहुने र दोस्रो राउन्ड बाट हरेक राउन्ड मा एलिमिनेशन गरिने र निर्णयक फ्रेमको अवधारणा music our choice/MOC बाट रहेता पनी प्रमुख निर्णयको जिम्मा भने TVOS ले नै लिने भएको हो। जस्मा दोस्रो राउन्डमा 50-12=38 तेस्रो राउन्डमा 38-9=29 चौथो राउन्डमा 29-8=21 पाँचौ राउन्डमा 21-7=14 छैटौं राउन्डमा 14-6=8 सातौ राउन्डमा 8-5=3 ra आठौं राउन्डमा भने टप 3 पहिलो दोस्रो र तेस्रो रहने TVOS को आधिकारीक अफिसियलले जानकारी दिएकोछ । प्रतियोगितामा दोस्रो राउन्डमा आधुनिक गीत,तेस्रो राउन्डमा पप गीत, चौँथो राउन्डमा लोक गीत, पाँचौ राउन्डमा फिल्मी गीत,छैठौँ राउन्डमा देशभक्ति गीत र सातौं राउन्डमा सास्त्रीयसङ्गीत गाउँदै आठौँ राउण्डमा फाइनल निर्णायक मण्डल ज्यु हरुको रोजाइमा गाएर पर्तिस्पर्धा गर्नु पर्ने अफिसियल ले उल्लेख गर्नु भएको छ ।सम्पुर्ण संगीत प्रेमी हरुको उत्साहपुर्ण सहभागिताले पक्कै पनी कला र गलाको सम्मान हुनेछ र जसको लागि हौसल्ला स्वरुप क्रमश…
प्रथम बिजेतालाई रु. ५०,०००/- नेपाली नगद्।
दोश्रो बिजेतालाई रु. ३०,०००/- नेपाली नगद्।
र तेस्रो बिजेतालाइ रु. २०,०००/- नेपाली नगद् प्रदान गरिने TOVS अफिसियलको बिशेष श्रोतले MOC समाचार सम्प्रेषकलाई जानकारी दिनु भएको छ।FOR NEWS Visite our website/www musicourchoice.com/MOC

Comments (0)
Add Comment