बिकास थापामगरको “गर्लान है बिदाई” गीत सार्बजनिक हेर्नुहोस भिडियो।

MOC News–काठमाडौँ।  आफ्नो प्रेमिकालाई अरु कसैले हत्या गरिदिए पछि यति बेला मोडल वर्षा थिंङ तामाङ वियोग सहन बाध्य बनिरहेकी छिन् । तर यो उनको वास्तविक जिबन संग सम्बन्धित नभै एक गीतको म्युजिक भिडियोमा कैद गरिएको काल्पनिक कथा हो । उक्त गीत बिकास थापा मगरको “गर्लान है बिदाई” बोलको गीत आज सार्बजनिक भएको छ।

“गर्लान् है बिदाई” बोलको गीतलाई विकास थापा मगरको शब्द रचना र एच. बि. रसाइलीको संगीत/एरेन्जमा चर्चित गायक प्रोमोद खरेलको सुमधुर स्वर रहेको छ।

वियोगान्त यस गीतको म्युजिक भिडियोमा बिकाश थापा मगर र वर्षा थिंङ तामाङको जिबन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खमेश श्रेष्ठले गरेका हुन् भने छायाङकन सागर गौतम र सम्पादन मिलन बि.क ले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभाकमाना ब्यक्त गर्दछौं ।

भिडियो हेर्नको लागी तल क्लिक गर्नुहोस

Comments (0)
Add Comment