” ऐतिहासिक सम्मान कार्यक्रम सम्पन्न”

" ऐतिहासिक सम्मान कार्यक्रम सम्पन्न"

साइप्रस,
१६,अप्रिल २०१९ जेनिथ लामा

“नौलो अभियानको नौलो प्रयोग, स्तर उन्नतीको लागी हाम्रो सहयोग” भन्ने उद्देश्यका साथ स्थापित स्मुल गायन मैत्री अभियानको पहिलो दोश्रो र तेश्रो चरणको पाहुना गायक तथा गायिकाहरुलाई सम्मान तथा बिदाई कार्यक्रम १२ अप्रिल २०१९ को दिन एम.ओ. सी.परिवारको प्राङ्गणमा सम्पन्न भएको छ।
म्युजिक अवर चोइस का संस्थापक कमान्सिं मुक्सुको सभापतीत्वमा सम्पन्न सो अभियान स्वयम सभापतीकै बिशेष धारणाबाट बनेको अभियान श्रोतले जनाएको छ।

एम.ओ.सी.समुहबाट सुरु भएको अवधारणा एस.एस.ओ.जी समुहको प्राबिधिक सहयोगको संयुक्त मेलमिलाप रहेको खुलासमा आएको छ।अनलाइनको माध्यमबाट स्थापित, स्मुल जगतमा आफ्ना छुटाछुटै पहिचान बनाउन सफल ९ समुहबाट लगभग २२५ को संख्यामा रहेको उक्त कार्यक्रम को लाइभ कलमा ९० जनाको उपस्थिति मा सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि को भूमिका निर्बाह गर्नको निम्ति प्रबिन अफिसियल प्रबन्धक प्रबिन गुरुङ ,विशिष्ट अतिथि डब्लु.एम.एस.जी समुहका संस्थापक सुमी बान्तवा राई र एल. एस.एस. एस.समुहका संस्थापक नानु खिमा ज्युले पनी विशिष्ट अतिथि को गहन भूमिका निर्बाह गर्नु भएको थियो। सो कार्यक्रम अगाडि बढाउने क्रममा प्रमुख अतिथि प्रबिण गुरुं ज्युको हातबाट दीप प्रज्वलन गरी एम.ओ.सी.समुहका सचिब शर्मिला लामाको स्वागत मन्तब्य संगै कार्यक्रमका प्रमुख अतिथि,विशिष्ट अतिथि गणहरुको पनी अभियान प्रतीको छुट्टा छुट्टै महत्वपुर्ण धारणाहरु राख्नु भएको थियो।

कार्यक्रममा सभापती, प्रमुख अतिथि, बिशेष अतिथि र अभियानका पाहुना गायक तथा गायिका ज्युहरुलाई एम. ओ.सि सदस्य ज्युहरु क्रमश मुना राना अपु क्षेत्री, जानु क्षेत्री र सपना राईबाट स-सम्मान ब्याज बितरण गरिएको थियो।
कार्यक्रममा नव गायक तथा गायिकाहरु क्रमश: एस.एस.ओ.जी मिसन लिम्बू,
एस. एस.ओ.जी अरुणा राई,
एम.ओ.सी निमेस राई,
एम.ओ.सी श्रद्धा राई,
एस. एस. एन.जी दिपक सुब्बा,
एस.एस.एन.जी रमिला राई,
ए.एस.टी सुनिल राई,
ए. एस. टी बबिता राई,
एम. एम.जी बिक्रम लिम्बू,
एम.एम.जी आशिका राई,
ए. एन.एस.जी रिजन क्षेत्री,
ए. एन. एस.जी मनिता के.सी को पनि उपस्थिति संगै एक महिना सम्म पाहुना गायक तथा गायिकाको रुपमा रहँदा बस्दाको छोटो मिठो अनुभबहरु पनी राख्नु भएको थियो।

यसै गरी अभियान अवधीभर मुख्य निर्णायक मण्डलको भूमिकामा निर्बाह गर्दै आउँनु भएका एम.ओ.सी निर्णायक सिर्जना राई,
एस.एस.ओ.जी निर्णायक हरि लिम्बू,
ए. एस.टी निर्णायक पारु राई,
एस.एस.एन.जी निर्णायक रोजलिन राई,
ए.एन.एस.जी निर्णायक सुरज घिमिरे,
एम.एम.जी निर्णायक लील गुरुङज्युहरुले पनी अभियान अवधिभर रहनु हुँदा बटुल्नु भएका गहकिला अनुभबहरु राख्नु भएको थियो।
एम. ओ. सि,
एस.एस. ओ. जी,
ए.एस.टी,
एस.एस.एन.जी,
ए. एन. एस.जी,
र एम. एम. जी समुहका संस्थापक ज्युहरुबाट पनी महत्वपुर्ण सांगितिक मन्तब्य सहित पाहुना गायक तथा गायिका ज्युहरुलाई सम्मान पत्र र मायाको चिनो हस्तान्तरण गर्नु भएको थियो। अभियानको पहिलो सहभागी पाहुना गायक गयिका ज्युहरुलाई कला र गलाको सम्मान गर्दै ईतिहासको दस्दावेज उल्लेख्य योगदान भन्ने हिसाबले अभियानको बिशेष निर्णयबाट पारीत भए अनुसार एम.ओ.सीबाट श्रद्धा राई र निमेस राई एस.एस.ओ.जी बाट मिसन लिम्बु र अरुणा राईलाई २ ओटा डुवेट गित रेकर्डिंगको लागी प्रदान गरिने एस.एस.ओ.जी संस्थापक अलित साउदेन ज्युले घोषणा गर्नु भएको थियो

कार्यक्रमको अन्तमा अभियानको उद्देश्य महत्व र यसको बिशेष्ता तथा अभियानको सुरु कसरी भयो भन्ने बारेमा प्रकाश पार्दै सभापती तथा एम.ओ.सि संस्थापक अभियान धारणा कर्ता कमान्सिं मुक्सु ज्युले अतिथि जनहरुलाई सम्मान तथा प्रशंसा पत्र हस्तान्तरण गरी समापन भएको थियो।

Comments (0)
Add Comment