नेपाल बाटै हिन्दी गाना मा सक्रिय देविका

समाचार।कुनै समय थियो नेपाली गाना भारत मा गएर रेकर्ड गराउन जाने अनि उतै का गायक गायिका हरुलाई गाउन लगाउने अब समय फेरिएको छ समाज विश्वव्यापीकरण भए सँगै अहिले नेपाल मै बसेर हिन्दी गाना मा सक्रिय हुन थालेका छन् नेपाली संगीतकर्मी हरु यसै क्रममा चर्चित सदाबहार गायिका देविका बन्दना को हालै दोस्रो हिन्दी गाना ‘अब दिल जरा जरा’ रिलिज भएको छ। उक्त गाना भारत को चर्चित म्युजिक कम्पनी वीनस को युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।


गितमा शब्द, संगीत युग भुसालको रहेको छ भने निरज सिहले रेकर्ड गरेका हुन । म्युजिक भिडियोमा नेपालका चर्चित नायक अनुप बिक्रम शाही, भारतीय मोडल पारुल गुलाटिको उत्कृष्ट एवं दमदार अभिनय संगै नेपालका चर्चित फोटोग्राफर राजभाइ सुवाललाई पनि देख्न सकिन्छ ।

युग भुसालले नै उत्पादन गरेको म्युजिक भिडियोलाई बिजेश पौडेल ले निर्देशनका साथै एडीटिंग र कलर को काम गरेका छन् । कोरियोग्राफी निशिल शाक्यको रहेको छ भने सिनेमटोग्राफर प्रमोद कार्की रहेका छन् । भिडियोलाई सह निर्देशन धुर्व अधिकारी गरेका हुन्। दोस्रो गीतलाई लिएर गायिका देविका बन्दना धेरै नै उत्साहित भएकी छिन् । एक पटक गीतको भिडियो हेरेर/सुनेर कस्तो भएको छ सकारात्मक वा नकारात्मक जस्तो भएपनि प्रतिक्रिया दिन सामाजिक संजाल मार्फत आग्रह गरेकी छिन् ।

यस अघि गायिका बन्दनाले कुनाल गाजावाला संग गाएको ‘वस तेरा’ बोलको गीत पनि चर्चित भएको थियोे ।

Comments (0)
Add Comment