लक्ष्मी हमाल को के हुँदैछ (फोटो फिचर सहित )

गायिका लक्ष्मी हमाल को दोस्रो एल्बम मुटु भित्र को अन्तिम गीत आज नक्साल स्थित साउण्ड डिजाइन स्टुडियो मा फाइनल भएको छ। ‘के हुँदैछ’ बोलको उक्त प्रमोशनल गीत मा गायिका लक्ष्मी को साथमा चर्चित र्यापर निर्णय एन एस के ले फ़िचरिङ्ग गरेको छ। गायिका लक्ष्मी को आफ्नै शब्द रहेको गीत मा आफ्नै श्रीमान सञ्जय हमाल सँग मिलेर सङ्गीत भरेका छन् भने संगीत संयोजन संजय हमाल कै रहेको उक्त गीत मा रेकर्डिष्ट भोला पौडेल रहेका छन्।निक्कै राम्रो सिर्जना तयार भएको मा सम्पूर्ण टीम उत्साहित छन्। यहि गीतको म्युजिक विडियो सहित बैशाख दोस्रो साता सम्म मा आफ्नो दोस्रो एल्बम सार्वजनिक गर्ने कुरा निक्कै उत्साहित हुँदै बताइन गायिका लक्ष्मी ले।
गीत आउट गर्दा का केहि झलक

Comments (0)
Add Comment