सायाखिम भनेको के हो?

सायाखिमको आवश्यक किन?
सायाखिम भनेको के हो?

04 March 2025 “सायाखिम बचत युवा साझेदारी आर्थिक बिकाश हाम्रो साझेदारी” मुल मन्त्रका साथ स्थापित सायाखिम बचत तथा ऋण समूह गाउँ घरका चिनजान दाजुभाई दिदी बहिनीहरुबीच एक अर्कामा आर्थिक सवलिकरण होस् भन्ने हेतुले सुरु गरिएको सानो ईकाईका पैसोहरुको एैँचो पैँचो लिने दिने समूह हो सायाखिम।  यस अन्तर्गत विभिन्न साथी भाईबाट आएका नामावलीहरु मद्य यस नामलाई अर्थात् सायाखिमलाई अगाडी सारिएको हो ।

सामान्यतय साया भन्नाले शक्ती र खिम भन्नाले घर , शक्तिको घर भन्ने बुझिन्छ, तर यसको अर्थ लोगात्मक हेर्ने हो भने अझ भाषिक  र बृहत रहको छ।  लोगोको सामान्य परिचय दिनु पर्दा सुरुमा लोगोको पृष्ठभुमिमा हेर्नेहो भने हिमाल देखिनेछ जसबाट हाम्रो उदगम् स्थल मानिन्छ जहाँ सुम्निमा र पारुहांको कथा जोडिएको पाईन्छ।  त्यसपछि हरियो रंगको घर देखिनेछ जसबाट हाम्रो प्राकृतिक पुजारीको कथा जोडिएको पाईन्छ।  त्यसपछि हेर्ने हो भने दुईटा ढोल र दाँया बाँया अदुवाको बोट देखिनेछ जुन हामीले बर्षको दुई  पटक उधौँली र उभौँली साकेला पुजा गरि पुर्खाहरुसितको दैबिक शक्तीको लिने सुन्दर कथा जोडिएकोछ।  र अन्तमा हेर्नेहो भने चिण्डोको बुचोमा कोइन (पैसा) राखी धनुषले धुरी तिर देखाइएकोछ जुन धनुष पारुहाङको सांस्कृतिक ईतिहाँस सित सम्बन्धित छ।  यहाँ सम्म लोगोको पहिचान गर्दै गर्दा थाहा भैसकेको हुनुपर्छ तपाईहरुलाई कि सायखिमको अर्थ वा सायाखिम बचतको पूर्ण र शाब्दिक अर्थ हो तपईहरुले अनुमान गरे जस्तै नै यसको अर्थ हो आर्थिक शक्ति प्राप्त गर्नका लागि अदुवा, चिण्डो र ढोलको सहायताले चिण्डोको बिर्कोमा पैसो राखी यत्ति सम्म एक अर्काको आर्थिक समृद्धि होसकी धनुषको माध्यमबाट हिमाल पर्बतमाला चुमोस र यस घरमा आबद्द सदस्यहरुलाई कहिल्यै पैसाको समस्या नहोस् भन्ने यस लोगोअनुरुप सायाखिम बचत समुहको शाब्दिक अर्थ रहेकोछ।

 

Comments (0)
Add Comment